पेरिस – फ्रेन्च लिग वान विजेता पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर केइलिन एम्बाप्पेले अर्को सिजनका लागि आफूले थप जिम्मेवारीको आशा गरेको प्रतिक्रिया दिएका छन्।
एम्बाप्पेले मार्चमा च्याम्पियन्स लिग बहिर्गमनपछि पनि आफ्नो भविष्य पिएसजीमा नै रहेको बताएका थिए। तर उनको यो भनाइपछि भने उनको क्लब बसाइ दुबिधामा परेको छ। २० वर्षे एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पिएसजीले जारी सिजन लिग वानको उपाधि रक्षा गरेको थियो। उनले आइतबार लिग वानको आशावादी खेलाडीको अवार्ड हात पारेका थिए।
‘म भविष्यमा क्लबमा थव जिम्मेवारी चाहन्छु। त्यो पिएसजी पनि हुन सक्छ अथवा अन्य कुनै क्लब,’ एम्बाप्पेले भने। नेयमार र इडसन काभानीसँगै पिएसजीको अग्रपंक्तिको जिम्मेवारी सम्हालेका एम्बाप्पेले यस सिजन लिग वानमा ३२ गोल गरेका थिए। ‘मैले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको छु र मैले क्लबमा थप जिम्मेवारी माग्ने यो नै सही समय हो,’ एमबाप्पेले भने, ‘मैले पिएसजीमै थप जिम्मेवारी पाएमा त्यो राम्रा हुनेछ। अन्यथा अरू क्लबमा पनि म थप जिम्मेवारीको आशा गर्छु।’
एम्बाप्पेले यसअघि पनि स्पेनिस महारथी रियाल मड्रिडबाट खेल्न रुचाउने बताउँदै आएका छन्। ‘मैले पिएसजीमै थप जिम्मेवारी पाएमा त्यो राम्रा हुनेछ। अन्यथा अरू क्लबमा पनि म थप जिम्मेवारीको आशा गर्छु।’
प्रकाशित: ७ जेष्ठ २०७६ ०२:४७ मंगलबार