१५ चैत्र २०८० बिहीबार
खेल

सुखद भएन जिदानको पुनरागमन

लन्डन– रियाल बेटिससँग स्तब्ध भएसँगै रियाल मड्रिडको जारी सिजन स्पेनिस ला लिगाको सुखद अन्त्य गर्ने लक्ष्यले पूर्णता पाउन सकेन।

आइतबार भएको लिगको अन्तिम खेलमा रियालले घरेलु मैदान सान्टियागो बर्नाबेउमा बेटिसलाई २–० को नतिजा सुम्पिएको थियो। प्रशिक्षक जिनेदिन जिदानले बेटिसविरुद्ध ३ खेलाडीलाई वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गराए पनि गारेथ बेललाई भने अवसर दिएनन्।

३८ खेलमा रियालले ६८ अंकका साथ तेस्रो स्थानमा बस्दै सिजनको अन्त्य ग-यो। जुन लिग विजेता बार्सिलोनाभन्दा १८ र दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा ८ अंक कम हो।

मार्चमा जिदानको आगमनपछि रियालले सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरिएको थियो। तर पनि रियालले अपेक्षाकृत प्रदर्शन गर्न सकेन। जिदान सान्टियागो सोलारीको स्थानमा क्लबमा भित्रिएका थिए। उनको आगमनपछि ला लिगामा रियालले ११ खेलमा मात्र  ५ जित हात पारेको थियो। त्यसमध्ये रियालले पछिल्लो ५ खेलमा एकमा मात्र सुखद नतिजा ल्यायो भने १ खेल बराबरी र ३ हार व्यहारेको थियो।

जिदानले क्लबमा भित्रिएदेखि नै जारी सिजन क्लब पुनर्निर्माणका लागि भएको बताउँदै आएका छन्। गोलकिपर केलोर नाभास, नाचो, इस्को, मार्कोस लोरेन्टे र बेलले यस सिजनपछि सान्टियागो बर्नाबेउ छोड्ने खबर सार्वजनिक भइरहेका छन्।

६१औं मिनेटमा लोरेन मोरोनले बललाई जाली चुमाएसँगै बेटिसले मड्रिड डर्बीमा अग्रता लिएको थियो। खेल सकिन १५ मिनेट बाकी हुँदा जेसी रोड्रिग्वेजको गोलमा बेटिसले २–० को जित पक्का गरेको हो।

यसअघि शनिबार एट्लेटिको लेभान्टेसँग २–२ को बराबरीमा रोकिएको थियो। खेलको छैटौं मिनेटमा इरिक काबाको गोेलमा लिएको लेभान्टेको अग्रता ३६औं मिनेटमा रोजर मार्टीले बललाई पोस्टको दिशा दिँदै दोब्बर पारेका थिए।

५१औं मिनेटमा एन्जेल कोरिया रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि एट्लेटिकोले १० खेलाडीमा सीमित हँुदै खेलको अन्त्य गरेको थियो। ६८औं मिनेटमा रोर्डीले गोल गर्दै एट्लेटिकोेलाई खेलमा फर्काउने संकेत गरेका थिए। खेल सकिन ११ मिनट बाँकी हुँदा सर्जियो कामेलोले बललाई जाली चुमाउँदै खेलमा फर्काएका थिए।

ला लिगाअन्तर्गतका अन्य खेलमा सेभियाले एथ्लेटिक बिलबाओलाई २–० ले हराउँदा भ्यालेन्सियाले रियाल भालाडोलिडलाई २–० ले नै निराश पा-यो।

प्रकाशित: ६ जेष्ठ २०७६ ०४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App