४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

पुष्पसदन र रिलायन्सलाई उपाधि

काठमाडौं – पुष्पसदन र रिलायन्स स्कुलले मंगलबार २५औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबलमा उपाधि जितेका छन् । पुष्पसदन पुरुष तथा रिलायन्स महिलातर्फ च्याम्पियन बनेका हुन्।

ज्ञानोदय बालवाटिका स्कुलद्वारा आयोजित प्रतियोगिताको पुरुषतर्फको फाइनलमा पुष्पसदनले श्रीदिवालाई ५७–३६ ले पराजित गर्याे । पुष्पसदनको जितमा सञ्जीव बोहराले २१ अंक योगदान गरे । श्रीदिवाका सञ्जय नेपालीले २३ स्कोर गरे।

महिलातर्फको फाइनलमा साविक विजेता रिलायन्सले इनोभेटिभलाई ३४–२० ले हराउँदै उपाधि रक्षा गर्याे  । रिलायन्सकी कविता श्रेष्ठले १३ स्कोर गरिन् । इनोभेटिभकी समन्ता थापाले १४ अंक जोडिन् । पुरुषतर्फ पुष्पसदनका निशान महर्जन तथा महिलामा रिलायन्सकी आरती राउत ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए। 

 

प्रकाशित: २७ भाद्र २०७५ ००:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App