coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेपाल यू-१५ महिला टाेली भारतसँग पराजित

काठमाडाैं - नेपालको यु-१५ महिला टोली सेमिफाइनलमा भारतसँग पराजित भएको छ। विहिवार सम्पन्न संघर्षपूर्ण खेलमा नेपालले भारतलाई २-१ ले नतिजा सुम्पेको हो। खेलको ३० औं मिनेटमा लेण्डा कोमको गोलबाट भारतले अग्रता बनाएपनि नेपालकी रजनी थोकरले ३७ औं मिनेटमा बराबरी गोल फर्काएकी थिइन्। पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोश्रो हाफको ७५ औं मिनेटमा क्रिटिना देवीले विजयी गोल गरेकी थिइन। २-१ ले पछाडी परेको अवस्थामा खेलमा फर्कन संघर्ष गरेको नेपालले त्यसपछि गोल गर्न नसक्दा पहिलो पटक प्रतियोगिताको फाइनल प्रवेस गर्न वाट चुक्यो। 

पहिलो खेलमा पाकिस्तानलाई ४–० ले पराजित गरेको नेपाल दोस्रो खेलमा बंगलादेशलाई ३–० को नतिजा सुम्पदै समूह ‘बी’बाट उपविजेतका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो।

यसअघि २०१७ मा बंगलादेशमा भएको पहिलो साफ यु–१५ महिला फुटबलको समूह चरणमा नेपालले भारतलाई १०–० को नतिजा सुम्पिएको थियो । पहिलो संस्करणमा नेपाल, भारत, भुटान र बंगलादेश गरी ४ टोलीले मात्र सहभागीता जनाएका थिए। राउन्ड रोबिन लिग प्रणालीमा भएको प्रतियोगितामा नेपालले १ जित  र २ हारका साथ तेस्रो स्थानमा चित्त बुझाएको थियो।

यस पटक दुई नयाँ टोली पाकिस्तान र श्रीलंका समेत सहभागी भएपछि सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । नेपालले अब तेश्राे स्थानकालागि प्रतिष्पर्धा गर्नेछ।

 

प्रकाशित: ३१ श्रावण २०७५ १३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App