१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

मंगलदीपलाई उपाधि

काठमाडौं – युथ लिजेन्डको आयोजनामा भएको यु–१४ अन्तरविद्यालय छाात्रा फुटसल प्रतियोगिताको उपाधि मंगलदीप सेकेन्डरी स्कुलले जितेको छ।

शनिबार फुटसल एरेना चुच्चेपाटीमा सम्पन्न फाइनल खेलमा मंगलदीपले ब्राइट फ्युचर स्कुललाई ४–१ ले पराजित गरेको हो।

प्रतियोगितामा सहभागी ९ विद्यालयलाई ३ समूहमा विभाजन गरिएको थियो । लिग चरणमा खेलाइएको प्रतियोगिताको प्रत्येक समूहका शीर्ष स्थानमा बस्ने टोली र एक उत्कृष्ट समूह उपविजेता सेमिफाइनलमा प्रवेश गरेका थिए।

सेमिफाइनलमा मंगलदीपले छहारी स्कुल तथा ब्राइटफ्युचरले ग्रिनतारा स्कुलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए । विजेता टोलीले ट्रफी तथा प्रमणपत्र हात पार्यो । प्रतियोगितामा ब्राइटफ्युचरकी सुस्मिता कार्की सर्वोत्कृष्ट खेलाडी बनिन्।

प्रकाशित: २० जेष्ठ २०७५ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App