नेपाल प्रिमियर लिग (एनपीएल) टोली विराटनगर किंग्सले दोस्रो संस्करणका लागि रिटेन्सन(निरन्तरता) खेलाडीको सूची जारी गरेको छ। शनिवार विराटनगरले आगामी संस्करणमा पनि आफ्ना लागि खेल्ने ६ खेलाडीको नाम सार्वजनिक गरेको हो।
रिटेन गरिएका खेलाडीमा पहिलो सिजनका ‘मार्की’ सन्दीप लामिछाने, लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारी छन्।
विराटनगरले पहिलो सिजनमा राम्रो प्रदर्शन भने गर्न सकेको थिएन। उसले ७ खेलमा २ जित मात्र निकालेर ८ टिममध्ये सातौँ स्थानमा चित्त बुझाएको थियो।
अब उसले आगामी सिजनका लागि बाँकी खेलाडी अगस्टमा हुने मिनी अक्सनबाट लिने छ।
प्रकाशित: २१ असार २०८२ १५:३५ शनिबार