२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

नेपाल भलिबल लिगमा सहभागी हुने टोलीको नाम सार्वजनिक

फाइल तस्बिर

नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टिमको नाम सार्वजनिक गरिएको छ ।

केडिया ग्रुप अन्तर्गतको नेपाल भलिबल लिगले बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यसै वर्ष आयोजना हुने एनभीएलमा सहभागी हुने ६ फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक गरिएको हो ।  

एनभीएलमा सगरमाथा शमशेर, मधेस वारियर्स, काठमाडौं रेडर्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्सले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

६ टीम बाहेक सहभागी हुन इच्छुक २ वटा टीमका लागि आवदेन खुला राखिएको समेत नेपाल भलिबल लिगले जनाएको छ । त्रिपुरेश्वरस्थित राखेप कवर्डहलमा आयोजना हुने लिगको मिति भने छिटै सार्वजनिक गरिने नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा सन्तोष उपाध्ययले जानकारी दिए ।

समग्र नेपाली भलिबलको विकास र विस्तारका लागि उचाइको नयाँ उडानलाई नेपाल भलिबल लिगको नारा बनाइएको उनले बताए । उनले लिगले नेपाली भलिबलको स्तरलाई थप नयाँ उचाइमा पुराउने विश्वास व्यक्त गरे ।  

कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले संघ नेपाली भलिबलको विकासमा निरन्तर रहेकाले प्रतियोगिताहरूलाई प्राथमिकतामा राख्ने बताए ।  

उनले नियम कानुनको पालना गरेर प्रतियोगिता आयोजना गरे संघ मध्यस्थकर्ता गर्न तयार रहेको उल्लेख गरे  ।  

 

प्रकाशित: ११ असार २०८३ १८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App