१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

श्रीलंकाविरुद्धको खेलमा सावित्राले कप्तानी गर्ने, एञ्जिला बेन्चमै

एएफसी एसियन कप छनोटअन्तर्गत श्रीलंकाविरुद्ध खेलमा पनि सावित्रा भण्डारी 'साम्बा'ले कप्तानी गर्ने भएकी छन् । मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डेले प्लेइङ ११ सार्वजनिक गर्दै सवित्रालाई कप्तानमा दोहोर्याएका हुन् । श्रीलंकाविरूद्धको खेलमा पनि नियमित कप्तान एवं गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा बेन्चमै रहेकी छन् । 

श्रीलंकाविरुद्धको खेल अहिले ६ः१५ बजे उज्वेकिस्तानमा सूरु हुनेछ ।  

श्रीलंकाविरुद्धको खेलमा मिडफिल्डर सरु लिम्बूको स्थानमा प्रिती राईलाई प्लेइङ सेटमा राखिएको छ ।  

पहिलो खेलमा नेपालले लाओसविरुद्ध ९-० को फराकिलो जित निकालेको थियो।  

श्रीलंकाविरुद्धको सुरुवाती ११

अञ्जना राना मगर (गोलरक्षक), गिता राना, निसा थोकर, समिक्षा घिमिरे, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रिती राई, सविता रानामगर, सरस्वती हमाल, सावित्रा भण्डारी (कप्तान), रश्मी कुमारी घिसिङ

वैकल्पिक खेलाडी

एञ्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ, मनमाया दमाइ, प्रतिक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैसी, विमला चौधरी, सरु लिम्बू, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

प्रकाशित: १८ असार २०८२ १७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App