१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

आईपीएल : पन्जाबलाई जिताउन राहुलको उत्कृष्ठ प्रदर्शन

काठमाडौं - इण्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलाभेन पन्जाब विजयी भएको छ। आइबार राति भएको खेलमा पञ्जावले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ५२ रन बनाएको थियो। १५३ रनको लक्ष्य पाएको पन्जाबले केएल राहुलको ८४ रनको मद्दतमा १८ ओभर ४ बलमा लक्ष्य हासिल गर्यो।

यस्तै लोकेश राहुलले ८४ रन बनाए भने करुन नायरले ३१ तथा मार्कुस स्टोनीसले २३ रनको योगदान गर्दै टिमलाई जिताए।

उता राजस्थानका लागि जोश बटलरले सर्वाधिक ५१ रन बनाए। सञ्जु समसनले २८ रन जोडे। बेन स्टोक्स १२ र राहुल त्रिपाठीले ११ रन बनाउनु बाहेक अन्य खेलाडी पञ्जाबका बलरसामु निरिह बने।

बलिङतर्फ मुजिबर रहमानले सर्वाधिक ३ तथा एन्ड्रयु टायले २ विकेट लिए। रभीचन्द्र अश्वीन, अंकित राजपूत, अक्षर पटेलले समान १–१ विकेट लिए।

यो जितसँगै पन्जाब १२ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ। नवौ खेलमा छैठौं हार व्यवहोरेको राजस्थान भने पुछारमा  छ।

प्रकाशित: २४ वैशाख २०७५ ०१:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App