जिम्बावेविरुद्धको पहिलो टेस्टमा साउथ अफ्रिकाको फराकिलो जित निकालेको छ । बुलावाओमा ५३७ रनको उच्च लक्ष्य पछ्याएको घरेलु टोली जिम्बावे २०८ रनमा अलआउट भएपछि साउथ अफ्रिकाले ३२८ रनको जित निकालेको हो । योसँगै दुई खेलको शृंखलामा पाहुना टोलीले अग्रता बनाएको छ ।
एक विकेटको क्षतिमा ३२ रनबाट मंगलबार चौथो दिनको खेल थालेका जिम्बावे २०८ रनमा अलआउट भयो । उसका लागि विलिङटन मासाकाट्जाले सर्वाधिक ५७ रन बनाए । क्याप्टेन क्रेग एर्भिन अर्धशतक बनाउन एक रनले चुके ।
घरेलु टोलीलाई सस्तैमा समेट्न साउथ अफ्रिकाका कोर्विन बोसले ५ विकेट लिए । कोडी युसुफको नाममा ३ विकेट रह्यो ।
जिम्बावेले पहिलो इनिङ्समा २५१ रन बनाएको थियो । पहिलो इनिङ्स ९ विकेटको क्षतिमा ४१८ रनमा डिक्लियर गरेको साउथ अफ्रिका दोस्रोमा भने ३६९ रनमा अलआउट भएको थियो ।
दोस्रो टेस्ट जुलाई ६ मा सुरु हुनेछ ।
जिम्बावे भ्रमणमा रहेको साउथ अफ्रिकाले ५ खेलको टी२० शृंखला पनि खेल्नेछ ।
प्रकाशित: १७ असार २०८२ २०:५९ मंगलबार





