१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
खेल

राज कोरिया र अशोक अस्ट्रियातर्फ

तेक्वान्दो खेलाडी राज दराईले दक्षिण कोरियोको मुजुमा हुने वर्ल्ड ओलम्पिक तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्। जुन २९ देखि जुलाई २ तारिखसम्म हुने प्रतियोगितामा राजले पुरुष ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्। राज बुधबार दक्षिण कोरिया जानेछन्।

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले अस्ट्रियन ओपन जी–२ पुम्से प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन्। प्रतियोगिता अस्ट्रियाको भियानामा जुन २८ र २९ तारिख हुनेछ। त्यसका लागि अशोक शुक्रबार अस्ट्रिया प्रस्थान गर्नेछन्। दुवैलाई आइओएफटिसी, नेपाल च्याप्टरका महासचिव गिरिबहादुर सुनार र तेक्वान्दोका पूर्वमुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ लगायतले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए।

प्रकाशित: ११ असार २०८२ ०७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App