२८ असार २०८२ शनिबार
image/svg+xml
खेल

त्रिदेशीय टी-२० क्रिकेटः नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जित्यो

स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० क्रिकेट शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ ।

 कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ रोजेका छन् ।  

खेल नेपाली समयअनुसार, राति ७ः४५ बजे सुरु हुनेछ । 

डच टोलीसँगको आफ्नो पहिलो खेलमा नेपाल सुपर ओभरमा पराजित भएको थियो । विश्व क्रिकेटमा कीर्तिमान बनेको उक्त खेलको तेस्रो सुपर ओभरमा रन बनाउन नसकेपछि नेपाल हार भोग्न बाध्य भएको थियो । दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हराएको थियो ।  

तीन खेलबाट ४ अंक जोडेको डच टोली तालिकाको शीर्ष स्थानमा छ । समान ३ खेल खेलेपनि स्कटल्यान्ड २ अंकमा दोस्रो र दुई खेलबाट २ अंक बनाएको नेपाल तेस्रो स्थानमा छन् ।

लिगको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने भएकाले उपाधि सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नै पर्नेछ । हारले नेदरल्यान्ड्सले उपाधि कब्जा गर्नेछ । लिगको अन्तिम खेलमा नेपालले शुक्रबार स्टकल्यान्डसँग खेल्नेछ । 

प्रकाशित: ५ असार २०८२ १९:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App