अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) मा कुनै नेपाली खेलाडीमाथि बोली लागेन ।
१५ औं संस्करणको बिबिएल लिगको ड्राफ्टमा नेपालका ६ खेलाडी पर्न सफल भएका थिए, तर कुनै टोलीले बोली भने लगाएनन् ।
ड्राफ्टमा नेपालका सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, अर्जुन साउद, विपिन शर्मा र आरिफ शेखको नाम थियो ।
ड्राफ्टबाट लिगमा प्रतिस्पर्धा गर्ने ८ टोलीमा १५ खेलाडी अनुबन्ध भएका छन् ।
नेपालबाट अहिलेसम्म सन्दीपले मात्र बिबिएल खेलेका छन् । मेलबर्न स्टार र होर्बट हरिकेन्समा अनुबन्ध भएका उनले बिबिएलको दुई संस्करणमा ४३ खेलमा ४८ विकेट लिएका छन् ।
प्रकाशित: ५ असार २०८२ १४:२३ बिहीबार