२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
समाज

हावाहुरीले घर भत्किँदा महिलाको मृत्यु

रौतहटमा हावाहुरीका कारण घर भत्किँदा च्यापिएर एक महिलाको ज्यान गएको छ।

सोमबार राती करिब ८ बजेको समयमा एक्कासि आएको हावाहुरीका कारण रौतहटको वृन्दावन नगरपालिका ७ धमौरा, गढीटोल बस्ने बच्चेलाल रायको एकतले कच्ची घर भत्किँदा घरमा च्यापिएर उनकी ३५ वर्षीया श्रीमती फूलकुमारी देवीको मृत्यु भएको हो। 

हावाहुरीका कारण भत्किएको घरमा च्यापेर गम्भीर घाइते भएकी फूलकुमारीको स्थानीय र प्रहरीले तत्कालै उद्वार गरी बेटर नेपाल हस्पिटल गरुडामा उपचारको क्रममा लगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी चौकी हर्षाले जनाएको छ।

महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा लगिएको प्रहरीले जनाएको छ।

यसैगरी हावाहुरीका कारण रौतहटमा ठूलो जनधनको क्षति भएको छ। हुरीका कारण जिल्लाको अधिकांश ठाउँमा रूख र बिजुलीको पोल ढलेर विद्युत आपूर्ति बन्द हुनुका साथै ग्रामीण क्षेत्रका सडक सञ्जाल अवरुद्ध बनेका छन्।

विद्युत प्राधिकरण गौर शाखाले मध्य रौतहटको गरुडा नपाको बिर्ता चौकमा बिजुलीको हाइटेन्सन तार भएको पोल हावाहुरीका कारण लडेकाले विद्युत आपूर्ति बन्द भएको जनाएको छ। 

प्रकाशित: १२ जेष्ठ २०८३ ०७:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App