स्कटल्याण्डमा जारी टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले अहिले नेदरल्यान्ड्सविरुद्ध बलिङ गरिरहेको छ ।
विष्फोटक सुरुवात गरेको डच टोलीले ७ ओभरभित्र आफ्नो तीन विकेट गुमाएको छ । ओपनरद्वयलाई स्पिनर ललित राजवंशी र सन्दीप लामिछानेले आउट गरेका हुन् ।
चौथो ओभरमा म्याक्स ओडाउटलाई १९ रनमा ललितले करण केसीको हातबाट क्याच आउट गराए ।
सातौं ओभरमा बलिङ गर्न आएका सन्दीपले आफ्नो पहिलो ओभरमा नै मात्र ३ रन दिएर दुई विकेट लिए । ओपनर मिचेल लेभिटलाई २० रनमा बोल्ड आउट गराएका उनले क्याप्टेन स्कट एडवार्डट्सलाई एक रनमा रुपेश सिंहबाट क्याच आउट गराए ।
७ ओभरमा नेदरल्यान्ड्सले ३ विकेटको क्षतिमा ५५ रन बनाएको छ ।
नेपाली टिममा रुपेश सिंह र किरण ठगुन्नाले डेब्यु गरेका छन् ।
प्रकाशित: २ असार २०८२ २०:२८ सोमबार