आरिफको संघर्षपूर्ण ८४ रनको मद्दतले नेपालले नेदरल्यान्ड्ससामू २३७ रनको चुनौती प्रस्तुत गरेको छ। स्कटल्यान्डमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाली टोलीले ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रन जोडेको हो।
सुरुवाती पावरप्लेमै २ विकेट गुमाएको नेपालले त्यसपछि सम्हालिन प्रयास गरेपनि लगातार विकेट गुम्दा ठुलो स्कोर बनाउन सकेन। नेपालका लागि आरिफको .. रनबाहेक भीम सार्की र कप्तान रोहित पौडेलले ३५÷३५ रन, ओपनर कुसल भुर्तेलले १८ र दीपेन्द्रसिंह ऐरीले १६ रनको योगदान दिए।
नेदरल्यान्ड्सका तर्फबाट बलिङमा पल भान मिकेरेनले ४, माइकल लेभितले ३ र आर्यन दत्तले एक विकेट लिए। अब जवाफी ब्याटिङमा नेदरल्यान्ड्सले नेपाली ब्याटर बासिर अहमदको गल्तीका कारण १० रन बोनस पाउने छ। जसमा उसले अब २२७ रन थप जोड्नुपर्नेछ।
प्रकाशित: २७ जेष्ठ २०८२ १९:३७ मंगलबार