१ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

सांसदसँग विवाह गर्दै क्रिकेटर रिंकु सिंह

भारतीय क्रिकेटर रिंकु सिंह र समाजवादी पार्टी (सपा) सांसद प्रिया सरोज विवाह बन्धनमा बाँधिने भएका छन्।

सिंहले मच्छलीशहर जौनपुरबाट सांसद सरोजसँग विवाह गर्न लागेका हुन्। उनीहरूको इन्गेजमेन्ट ८ जुनमा लखनउमा हुने बताइएको छ। विवाह १८ नोभेम्बरमा वाराणसीको होटल ताजमा हुने प्रियाको परिवारले जानकारी दिएको छ।

प्रिया सरोज २०२४ मा २५ वर्षको उमेरमा मच्छलीशहरबाट सांसद निर्वाचित भएकी हुन्। उनका बुबा तुफानी सरोज पनि सोही क्षेत्रबाट तीन पटक सांसद भइसकेका छन्।

राजनीतिमा आउनुअघि प्रिया भारतको सर्वोच्च अदालतमा वकिल थिइन्। क्रिकेटर रिंकु सिंह भने १८ अगस्ट २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। उनले ३० टी-२० अन्तर्राष्ट्रिय खेलमा ५०७ रन बनाएका छन्। दुई ओडीआई खेल खेलेका छन्। एजेन्सी

प्रकाशित: १९ जेष्ठ २०८२ ०९:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App