१ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

आइपिएल २०२५ को क्वालिफायर-२ मा मुम्बई र पञ्जाब भिड्दै

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को क्वालिफायर-२ को खेलमा आज मुम्बई इन्डियन्स र पञ्जाब किंग्स भिड्दै छन्। खेल अहमदाबादको नरेन्द्र मोदी रंगशालामा भारतीय समय अनुसार साँझ ७:३० बजे हुने छ।

यस खेलको विजेता टोलीले जुन ३ मा हुने फाइनलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) सँग प्रतिस्पर्धा गर्ने छ, जसले क्वालिफायर-१ जितेर फाइनलमा स्थान बनाइसकेको छ। एलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बईले क्वालिफायर-२ मा स्थान बनाएको छ।

दुवै टोली प्लेअफमा पहिलो पटक आमनेसामने हुने छन्। साथै, यी दुवै सिजनमा दोस्रो पटक एकअर्कासँग आमनेसामने हुने छन्। पछिल्लो पटक पञ्जाबले मुम्बईलाई ७ विकेटले पराजित गरेको थियो।

आइपिएलमा अहिलेसम्म मुम्बई र पञ्जाबबीच ३३ खेल खेलिएका छन्। एमआईले १७ मा जित्यो भने पीबीकेएसले १६ मा जित्यो। साथै, दुवै टोली यस मैदानमा पहिलो पटक आमनेसामने हुने छन्।

प्रकाशित: १८ जेष्ठ २०८२ १०:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App