१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

आइपिएल : पहिलो क्वालिफायरमा पञ्जाब र बेंगलुरु भिड्दै

इन्डियन प्रिमियर लिग (आइपिएल)को पहिलो क्वालिफायरमा बिहीबार पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति ७ः४५ बजे न्यू चण्डिगढमा सुरु हुनेछ । 
आजको खेलको विजेताले सिधैं फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरमा एलिमिनेटरमा स्थान बनाएका गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीचको विजेता प्रवेश गर्नेछ । 
समान १९ अंक भएपनि रनरेटमा अघि रहँदै पञ्जाब शीर्ष र बेंगलुरु दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेका हुन् । तेस्रो स्थानको गुजरातको १८ र मुम्बईको १६ अंक छ ।

प्रकाशित: १५ जेष्ठ २०८२ १८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App