१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

सन्दीप भन्छ्न्ः क्रिकेट र देशबाट टाढा जान्न, नेपालका लागि खेलिराख्छु

नेपाल क्रिकेट संघ(क्यान)को केन्द्रीय सम्झौताबाट बाहिरिएको घोषणा गरेका क्रिकेटर सन्दीप लामिछानेले देश र क्रिकेटबाट टाढा नजाने बताएका छन्। बुधबार क्यानको सम्झौताबाट बाहिरिएको घोषणा गर्दै सन्दीपले अझैँ पनि नेपालका लागि खेलिरहने उल्लेख गरेका छन्।  

‘यो क्रिकेट वा देशबाट टाढा जाने निर्णय होइन, यो व्यक्तिगत र पेशागत रूपमा अझ परिपक्व हुने दिशातर्फको एक कदम हो,’ सन्दीपले लेखेका छन्।  

यस्तै उनले क्यानको सम्झौताबाट बाहिरिएपनि नेपालका लागि उस्तै जोस र समर्पणका साथ खेल्ने पनि सन्दीपले लेखेका छन्। ‘स्पष्ट रूपमा भन्न चाहन्छु–म अझै पनि सधैंजस्तै जोश र समर्पणका साथ नेपालका लागि खेलिरहनेछु,’ उनले अगाडि लेखेका छन्, ‘त्यो गर्व र जिम्मेवारी सधैं मेरो मुटुमा रहनेछ।’

सन्दीपले आफू अगामी यात्राका लागि उत्साहित भएको पनि उल्लेख गरेका छन्। ‘म आगामी यात्राको लागि उत्साहित छु–क्रिकेटसँगै र त्यसपारि पनि,’ उनले लेखेका छन्।  

देशप्रतिको निष्ठा र खेलप्रतिको मेरो जोश सधैं प्रत्येक कदमको मूलमा रहने पनि सन्दीपले लेखेका छन्।  

प्रकाशित: ३१ वैशाख २०८२ १४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App