२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
खेल

बहराइनमाथि नेपालको ९ विकेटको जित

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनलाई ९ विकेटले हराएको छ। वर्षाले ५ ओभरमा छोट्याइएको खेलमा बहराइनको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो। 

कविता कुँवरले १८ र सम्झना खड्काले १३ रन बनाए। बहराइनकी दिपिका रंगासिकाले ३४ रन जोडिन्। पहिलो खेल हङकङसँग वर्षाले रद्द भएको थियो। नेपालले मंगलबार हङकङसँग खेल्नेछ। 

प्रकाशित: २७ वैशाख २०८२ ११:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App