२० माघ २०८२ मंगलबार
image/svg+xml
खेल

भारतमा नयाँ कप्तानबारे चर्चा

भारतीय टोलीका ब्याट्सम्यान रोहित शर्माले टेस्ट क्रिकेटबाट संन्यास घोषणा गरेसँगै अब नयाँ कप्तान को बन्ला भनेर चर्चा सुरु भएको छ।

शर्माले संन्यास लिएसँगै टेस्ट क्रिकेटको कप्तानी शुभमन गिलले लिने चर्चा भारतीय क्रिकेटजगत्मा सुरु भएको छ। इङ्ल्यान्डमा हुने पाँच टेस्ट सिरिजसँगै गिलले पूर्णकालीन कप्तानको जिम्मा लिने आशा गरिएको छ। टेस्ट भ्रमण आगामी २० जुन २० देखि हेडिङ्लेमा हुँदै छ।

अस्ट्रेलिया भ्रमणको समयमा रोहितले गुमाएको दुई टेस्टमा जसप्रीत बुमराहले नेतृत्व सम्हालेका थिए। सबै फम्र्याटको क्रिकेटमा फास्ट बलिङको जिम्मेवारी सम्हालिरहेका बुमराहलाई ‘वर्क लोड’ हुने भएका कारण उनलाई टेस्ट क्रिकेटको जिम्मेवारी नदिने बुझिएको छ।

गिलले अहिलेसम्म ओडीआई र टेस्ट खेलमा कप्तानी जिम्मेवारी लिएका छैनन्। तर उनले पाँच टी–२० आई खेलमा भने नेतृत्व गरेका थिए। गिलको कप्तानीमा रहेको गुजरात टाइटन्सले जारी आइपिएलमा शीर्ष स्थानमा रहेको छ। सन् २०२० मा टेस्ट क्रिकेटमा डेब्यु गरेका गिल निरन्तर टोलीमा समावेश छन्। उनले ३२ टेस्ट क्रिकेटमा १८९३ रन बनाउँदा पाँच शतक र सात अर्धशतक प्रहार गरेका छन्।

प्रकाशित: २६ वैशाख २०८२ ०७:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App