१३ पुस २०८२ आइतबार
image/svg+xml
खेल

भक्तपुरमा एन्टी डोपिङ सचेतना

किक बक्सिङका खेलाडीलाई लक्षित गरिएको राष्ट्रियस्तरको एन्टी डोपिङ सचेतना कार्यक्रम बिहीबार भक्तपुरमा सम्पन्न भएको छ।

डोपिङ विरोधी अभियानमा संलग्न विज्ञ राष्ट्रिय एन्टी डोपिङ एजेन्सीका संस्थापक संयोजक डा. असीम भण्डारी र खेलकुद सचेतना प्रशिक्षक शारदा हुमागाईंले उनीहरूलाई प्रशिक्षण दिएका हुन्।

खेलाडीहरूलाई डोपिङसम्बन्धी जानकारी प्रदान गर्नु नै उक्त कार्यक्रमको उद्देश्य रहेको बताइएको छ। उनीहरूलाई स्वच्छ र नैतिक खेलकुद अभ्यासमा प्रेरित गर्नु रहेको आयोजकले जनाएको छ। डा. भण्डारीले डोपिङले स्वास्थ्य र स्वच्छ प्रतिस्पर्धामा पर्ने असर, त्यसको दीर्घकालीन रूपमा स्वास्थ्यमा पर्ने प्रभाव, खेलकुद क्षेत्रको विश्वसनीयता र निष्पक्षतामा पर्ने नकारात्मकताबारे विस्तृत प्रस्तुति दिएका थिए।

उनले विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) का मापदण्ड तथा निषेधित पदार्थहरूको प्रयोगका कानुनी पक्षबारे पनि जानकारी गराए। कार्यक्रममा सहभागी विभिन्न जिल्लाका किक बक्सिङ क्लब तथा प्रशिक्षण केन्द्रका खेलाडीहरूको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूले कार्यक्रमअन्तर्गत प्रस्तुत विषयहरूमा प्रश्नोत्तर सत्रमार्फत सक्रिय छलफलसमेत गरेका थिए। एन्टी डोपिङका विषयमा यस्तो प्रकारको सचेतना अभिवृद्धि कार्यक्रमले समग्र खेलकुद क्षेत्रलाई नैतिक, स्वच्छ र दिगो दिशातर्फ उन्मुख गराउने आयोजकको विश्वास छ।  

प्रकाशित: १९ वैशाख २०८२ ०७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App