इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार शीर्ष स्थानको देल्ली क्यापिटल्स र तेस्रो स्थानको गुजराज टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
अहदावादमा गुजरातले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि देल्ली ब्याटिङ क्रिजमा उत्रनेछ । खेल नेपाली समयअनुसार अपराह्न ३ः४५ बजे सुरु हुनेछ ।
अक्षर पटेलको कप्तानीमा रहेको देल्ली १० अंकमा शीर्ष र शुभमन लिगको कमानीमा रहेको गुजरात ८ अंकमा तेस्रो स्थानमा छन् । आजको खेलमा जित निकाले देल्लीले दोस्रो स्थानको पञ्जाव किङ्ससँगको दुरी २ अंकमा पुर्याउनेछ । हारले भने गुजराज १० अंकमा शीर्ष स्थानमा उक्लनेछ ।
आजै राति हुने अर्को खेलमा लखनऊ सुपर जाइन्ट्स र राजस्थान रोएल्सबीच खेल हुनेछ । लखनउ ८ अंकमा तालिकाको पाँचौ स्थानमा रहँदा राजस्थान ४ अंकमा आठौं स्थानमा छ ।
प्रकाशित: ६ वैशाख २०८२ १५:१९ शनिबार





