१२ वैशाख २०८२ शुक्रबार
image/svg+xml १०:२३ पूर्वाह्न
खेल

एनएसएल : काठमाडौंले चितवनलाई हरायो

नेपाल सुपर लिग (एनएसएल) को पछिल्लो खेलमा काठमाडौं रेजर्स विजयी भएको छ। 

दशरथ रंगशालामा सोमबार भएको खेलमा काठमाडौंले चितवन एफसीलाई २–० ले हराएको हो । जितसँगै काठमाडौंको प्लेअफ खेल्ने सम्भावना कायमै रहेको छ ।  

दश खेलाडीमा सीमित चितवनलाई पराजित गर्न काठमाडौंका बाकारी माने र अमाडाउ डियोपले गोल गरे । कप्तान अन्जन विष्टले चितवनलाई अग्रता दिलाउन पाएको दुवै अवसरमा गोल गर्न सकेन ।

चितवन ५६ औं मिनेटमा दश खेलाडीमा सीमित बनेको थियो । युसुफ मलिकलाई बलले हानेपछि अलिजोन अलिजोनोभलाई रेफ्री प्रज्वल क्षेत्रीले पहेंलो कार्ड दिएका थिए। युसुफले पनि कार्ड खाएका थिए तर दोहोरो पहेंलो कार्ड पाउँदै अलिजोन भने मैदान बाहिरिएका थिए ।  

६ खेलपछि २ जित, २ बराबरी र २ हारमा काठमाडौंको ८ अंक भएको छ।  आजको हारपछि चितवनको यात्रा कठिन बनेको छ। पाँचौं खेलबाट चितवनको ७ अंक भएको छ। प्लेअफमा स्थान बनाउन अब चितवनले अन्तिम खेलमा धनगढी एफसीलाई हराउनु पर्नेछ । काठमाडौंले भने अन्य खेलको नतिजा कुर्नु पर्नेछ । 

प्रकाशित: १ वैशाख २०८२ १८:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App