३१ चैत्र २०८१ आइतबार
image/svg+xml १५:१४ अपराह्न
खेल

आगामी सोमबारदेखि सहिद स्मृति कराते

ललितपुरमा आगामी सोमबारदेखि सहिद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता हुने भएको छ।

नेपाल सितोरियो कराते डो प्रयागपोखरी डोजोको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक गोपाल महर्जनले शुक्रबार ललितपुर महानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

पुरुष/महिलामा एकल काता र कुमुतेमा समान ११/११ गरी २२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लाबाट ३५ टोली सहभागी हुने आयोजक डोजोका प्रशिक्षक विकास महर्जनले जानकारी गराए।

पत्रकार सम्मेलनमा बागमती प्रदेशका सांसद रामकृष्ण चित्रकारले युवा खेलाडीलाई संगठित गर्न र सहिदप्रति सम्मान व्यक्त गर्न प्रतियोगिता महत्त्वपूर्ण हुने बताए। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले देशका लागि ज्यान दिने सहिदको सम्झनामा प्रतियोगिता गरेकोमा आयोजकलाई धन्यवाद दिए।

प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रूपैयाँ खर्च हुने आयोजकले जनाएको छ। ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन तथा महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाको सहप्रायोजनमा हुने दुईदिने प्रतियोगिताका खेलहरू मंगलबजारस्थित आदर्श कन्या निकेतनमा खेलाइनेछ।

प्रकाशित: २३ चैत्र २०८१ ०८:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App