राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अन्जिला तुम्बापो सुब्बा आफ्नो चलचित्र ‘अन्जिला’ को प्रचारका लागि नेपाल आइपुगेकी छन्।
ग्रिसको ग्रिक महिला ‘ए’ डिभिजन लिगमा निस अट्रोमिटौबाट खेलिरहेकी अञ्जिला शुक्रबार नेपाल आइपुगेकी हुन्। उनको जीवन कथामा आधारित चलचित्र ‘अञ्जिला’ देशभर दोस्रो सातामा चलिरहेको छ।
उनी शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन्। लगत्तै उनी साँझ आफ्नो जीवन कथामा आधारित चलचित्र हेर्न झापा पुगेकी थिइन्। केही दिन चलचित्र प्रचारपछि उनी अर्को साता नै ग्रिस फर्कने बताइएको छ। गत महिना अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको लागि अञ्जिला नेपाल आएकी थिइन्। त्यस समय पनि प्रोमो सार्वजनिक गर्ने कार्यक्रममा सहभागी भएर उनी ग्रिस फर्केकी थिइन्।
प्रकाशित: १६ चैत्र २०८१ ०९:४३ शनिबार