१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ६:१ पूर्वाह्न
खेल

युवा टोलीले जित्यो भारतविरुद्धको शृंखला

नेपाल यू-१९ टोलीले भारतको दिल्ली टोलीविरुद्धको तीन खेलको अभ्यास शृंखलामाथि कब्जा गरेको छ ।  

शृंखलाको दोस्रो खेलमा बिहीवार १०२ रनको फराकिलो जित निकाल्दै नेपाली युवा टोलीले एक खेल अगावै शृंखला आफ्नो पक्षमा पारेको हो । पहिलो अभ्यास खेल युवा टोली ५ विकेटले विजयी भएको थियो ।  

वीरगञ्जमा भएको खेलमा नेपालले दिएको १९३ रनको लक्ष्य पछ्याएको दिल्लीको यू-१९ टोली ३०.४ ओभरमा मात्र ९० रनमा अलआउट भयो ।  

दिल्लीका लागि शन्तनु यादवले सर्वाधिक ३० रन जोडे । मोहक कुमार १९ र सथक पल १६ रनमा आउट भए । बाँकीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

दिल्लीलाई कम योगफलमा समेट्न अपराजित पौडेलले ७ ओभरमा मात्र ९ रन खर्चिएर ५ विकेट लिए । नितेश पटेलले २ तथा विपिन प्रसाद शर्मा, कप्तान नरेन भट्ट र अशोक धामीले समान १ विकेट लिए ।

यसअघि टिबी साह क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेपाली युवा टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १९२ रनको मध्यम योगफल तयार पारेको थियो ।  

नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ६० रन जोडे । सातौं विकेटका लागि कप्तान नरेन भट्टसँग मिलेर अभिषेकले ९९ रनको साझेदारी गरे । भट्ट ५२ रनमा आउट भए ।

पाहुना टोलीका लागि शुभम दुवेले ३ तथा आदित्य भण्डारी, अमन चौधरी र रोनक वागिलाले समान २ विकेट लिए ।

प्रकाशित: १४ चैत्र २०८१ १६:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App