प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरविरुद्ध ऐतिहासिक जित हासिल गरेकोमा नेपाली फुटबल खेलाडीलाई बधाई दिएका छन्। उनले सामाजिक सञ्जालमा खेलाडीको तस्बिर राख्दै सिङ्गापुरविरुद्धको खेलमा नेपालले जितेकोमा बधाई दिएका हुन्।
‘बधाई नेपाली !! नेपालले सिङ्गापुरविरुद्ध ऐतिहासिक जित हात पारेको छ। सिङ्गापुरसँग पहिलो खेल भएको ४३ वर्षमा नेपालको पहिलो पटक जितका लागि सबैलाई बधाई!!’ उनले लेखेका छन्।
शुक्रबार साँझ सिङ्गापुरको राष्ट्रिय रङ्गशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले सिङ्गापुरलाई १–० गोलले हराएको थियो।
प्रकाशित: ९ चैत्र २०८१ ०६:३१ शनिबार





