विभागीय टोली त्रिभुवन आर्मी क्लब र जावलाखेल ह्विलचियर स्पोटर््स क्लब (जेडब्युएससी) ले मंगलबार उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न फाइनलमा महिलातर्पm जावलाखेल र पुरुषतर्फ आर्मी च्याम्पियन बनेका हुन्। उपाधिसँगै दुवै टोलीले समान ५० हजार रूपैयाँ हात पारे। नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेशको सहयोगमा उक्त प्रतियोगिता भएको हो।
महिलामा जावलाखेलले ह्विलचियर स्पोटर््स एसोसिएसन (डब्ल्युएसए) लाई २४–२३ को स्कोरले पराजित ग¥यो। जावलाखेललाई च्याम्पियन बनाउन रजनी राईले सर्वाधिक १४ अंक जोडिन्। उनी नै सर्वाधिक स्कोरकर्ता घोषित भइन् र तीन हजार रूपैयाँ हात पारिन्।
जावलाखेलले सेमिफाइनलमा इस्पाइनल कर्ड इन्जुरी नेट्वर्क नेपाल (एससिआइएनएन) लाई १७–६ को स्कोरमा हराउँदै फाइनल यात्रा तय गरेको थियो। डब्ल्युएसएले राष्ट्रिय आदिवासी अपांग महिला संघ नेपाल (निडवान)लाई १२–२ को स्कोरमा पराजित गरेको थियो।
महिलातर्फ निडवानलाई हराउँदै एससिआइएनएन तेस्रो भयो। पुरुषतर्फ विभागीय ‘डर्बी’ मा एपिएफलाई आर्मीले ४३–४१ को स्कोरमा हराउँदै च्याम्पियन बन्यो। निकै रोमाञ्चक बनेको फाइनलमा निर्धारित खेल ३९–३९ को बराबरी सकिएको थियो। त्यसपछि विजेताको छिनोफानो गर्न अतिरिक्त तीन मिनेटको समय थप गरिएको हो।
तर, अतिरिक्त समयमा आर्मीले चार र एपिएफले दुई स्कोर जोडे। योसहित आर्मी समग्रमा ४३ अंकसहित विजयी भयो। उपाधि दिलाउन रमेश खत्रीले सर्वाधिक १९ स्कोर जोडे। उनले तीन हजार रूपैयाँ प्राप्त गरे।
आर्मीले सेमिफाइनलमा बिआइएलाई ४०–१३ र एपिएफले आयोजक टोली एनएससिआइएसएलाई ४०–१० को फराकिलो स्कोरमा हराउँदै फाइनल प्रवेश गरेका थिए। आयोजक टोलीलाई १०–६ को स्कोरले हराउँदै बिआइए तेस्रो भयो। उपविजेता दुवै टोलीले ४० र तेस्रो हुने दुवै टोलीले ३० हजार रूपैयाँ प्राप्त गरे।
महिलातर्फ जावलाखेलकी तुलसा मगर सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। पुरुषतर्फ भने कप्तान राम तामाङ सर्वोत्कृष्ट भए। दुवै खेलाडीले समान तीन हजार रूपैयाँ प्राप्त गरे। विजेता टोलीलाई राखेपका उपाध्यक्ष धु्रव आचार्य, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ र एनएससिआइएसएका अध्यक्ष देवी आचार्यलगायतल पुरस्कृत गरेका थिए ।
प्रकाशित: ६ चैत्र २०८१ ०८:२७ बुधबार





