२८ माघ २०८२ बुधबार
image/svg+xml
खेल

कीर्तिपुर क्रिकेट मैदानमा वैशाखभित्रै फ्लडलाईट जडान गरिने

शहरी विकास मन्त्रालयलयले ०८२ वैशाख २४ गते भित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापेट निर्माण र फ्लडलाईट जडान कार्य सम्पन्न गर्ने बताएको छ ।

मंगलबार शहरी विकास मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै वित्तिय प्रगति सार्वजनिक कार्यक्रममा यस्तो जानकारी गराइको हो ।

‘संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट  “कीर्तिपुर क्रिकेट मैदानमा अन्तराष्ट्रिय मापदण्ड अनुरूप प्यारापेट निर्माण कार्य र फ्लडलाईट जडान कार्यको २०८१ फागुनमा सम्झौता सम्पन्न भई २०८२ बैशाख २४ गतेभित्र कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढिरहेको छ,’ मन्त्रालयका प्रवक्ता सहसचिव नारायण मैनालीले बताए । 

प्रकाशित: ५ चैत्र २०८१ १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App