२२ माघ २०८२ बिहीबार
image/svg+xml
खेल

नेपालको पहिलो जित, युगान्डा एक विकेटले पराजित

वुमेन्स डे महिला टि-२० आई सिरिज अन्तर्गत नेपालले घरेलु टोली युगान्डामाथि रोमाञ्चक जित हासिल गरेको छ। आइतबार सम्पन्न खेलमा नेपालले १ विकेटको रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।

एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन मात्र बनाउन सक्यो।

टोलीका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन बनाइन्। स्टेफेनिया नाम्पिलिनाले २५ बलमा १४ रन जोडिन् भने मलिषा अरिकोटाले २४ बलमा ११ रनको योगदान दिइन्। नेपालका लागि पुजा महतोले ३ विकेट लिँदा कप्तान इन्दु बर्माले २ विकेट हात पारिन्।

७६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। नेपालको जितमा साना प्रविनले सर्वाधिक १७ रन जोडिन्। पुजा महतोले १६ रन बनाउँदा कप्तान रुबिना क्षेत्री १० रनमा आउट भइन्।

यस जितसँगै नेपालले सिरिजमा पहिलो जित हासिल गरेको छ भने युगान्डाले पहिलो हार ब्यहोरेको छ। यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो भने युगान्डाले हङकङलाई हराएको थियो।

जारी सिरिजमा नेपाल, युगान्डा, नामिबिया र हङकङ सहभागी छन्।

प्रकाशित: २५ फाल्गुन २०८१ १५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App