२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

टी-२० विश्वकप वार्मअप: क्यानडाविरुद्ध नेपालले बलिङ गर्ने, कप्तानको जिम्मेवारी ऐरिलाई

आईसीसी टी-२० विश्वकप अघि दोश्रो वार्मअप खेलमा नेपालले क्यानडाविरुद्ध टस हारेर पहिला बलिङ गर्ने भएकाे छ।

बिहीबार चेन्नईको एमए चिदाबरम स्टेडियममा नेपालले टस हारेर बलिङ गर्ने भएकाे हाे। नेपालका कप्तानी दीपेन्द्र सिंह ऐरिले गर्दै छन् भने कप्तान रोहित विश्वकप तयारीकफ बारेमा बोल्न आईसीसीको प्रेस कन्फरेन्समा उपस्थित हुने छन्।

नेपालले यसअघि पहिलाे वार्मअप खेलमा युएईलाई ७ विकेटले हराएको थियाे।

यि वार्मअप खेलहरू विश्वकपको तयारी स्वरुप खेलिएका हुन्। नेपालले आउँदो आइतबार इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ।

प्रकाशित: २२ माघ २०८२ १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App