निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ भोलि (शुक्रबार)देखि युट्युबमा सार्वजनिक हुने भएको छ।
यसबारे अभिनेत्री स्वस्तिमा खड्काले जानकारी गराएकी छिन्। २०८० मा सिनेमाघरमा प्रदर्शनमा आएको यो चलचित्र अब दुई वर्ष पछाडि युट्युबमा प्रदर्शनमा आउने भएको हो। चलचित्र नेपालमा मात्र नभइ दुबई, बहरान र कतारमा समेत एकसाथ प्रदर्शनमा आएको थियो।
सोसल ड्रामा जनरामा बनेको 'दिमाग खराब'ले व्यवस्थागत विकृति र भ्रष्टाचारका कारण मानसिक दबाबमा परेका एक आम नागरिकको कथालाई प्रस्तुत गरेको छ। समाज र राजनीतिबाट पीडित पात्रले आफ्ना अधिकारका लागि उठाउने आवाज र त्यसबाट पैदा हुने परिस्थितिलाई चलचित्रले केन्द्रमा राखेको छ। चलचित्रले सिनोमा घरमा सय दिन समेत पूरा गरेको थियो।
चलचित्रमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्कीलगायत कलाकारहरूको अभिनय रहेको छ। रौनक विक्रम कंडेल यसको निर्माता हुन्।
बक्स अफिसमा १० करोड रुपैयाँभन्दा माथिको व्यापार गरेको चलचित्रले समीक्षा पनि सकारात्मक पाएको थियो।
प्रकाशित: २२ माघ २०८२ १२:४२ बिहीबार





