३ चैत्र २०८१ आइतबार
image/svg+xml २३:३३ अपराह्न
खेल

अशोक वर्ल्ड र्‍याङकिङ जी टुमा निर्णायक

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले बुल्गेरियामा हुने वल्र्ड र्‍याङकिङ जी टु ओपनमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्।

विश्व तेक्वान्दो (डब्लुटी) तथा बुल्गेरिया तेक्वान्दो फेडेरेसन र बुल्गेरिया ओलम्पिक कमिटीको संयुक्त आयोजनामा हुने प्रतियोगिता आगामी मार्च १ देखि ३ तारिखसम्म बुल्गेरियाको सोफियामा हुँदै छ।

खड्का बिहीबार बुल्गेरियाका प्रस्थान गर्दै छन्। अन्तर्राष्ट्रिय निर्णायक खड्का ग्यारोगी तथा पुम्से दुवै विधामा निर्णायकको भूमिकामा रहनेछन्। खड्का नेपालका ग्यारोगी तथा पुम्से दुवै विधाका दोस्रो श्रेणीका अन्तर्राष्ट्रिय निर्णायक हुन्। खड्का पारा रेफ्री कोर्स गर्ने नेपाली तेक्वान्दोकर्मीमध्ये एक हुन्।

बुल्गेरिया ओपनमा ओलम्पियन र वल्र्ड च्याम्पियन गरी करिब एक हजार सात सय खेलाडीको सहभागिता रहनेछ। तेक्वान्दो निर्णायकको रूपमा खड्काको यो तेस्रो बुल्गेरिया भ्रमण हो। यसअघि खड्काले सन् २०२२ मा भएको विश्व च्याम्पियनसिप र सन् २०२३ मा आयोजित बुल्गेरिया ओपनमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए।

टोकियो पारा ओलम्पिक र पेरिस ओलम्पिक क्याम्पमा समेत पर्न सफल भएका खड्काले ५० भन्दा बढी विश्ववरीयताका तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्। युवा तथा खेलकुद मन्त्रालयबाट उत्कृष्ट रेफ्रीका रूपमा सम्मानित भइसकेका खड्का नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्षसमेत हुन्।

प्रकाशित: १५ फाल्गुन २०८१ ०८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App