३ चैत्र २०८१ आइतबार
image/svg+xml २०:१७ अपराह्न
खेल

न्युजिल्याण्डको सेमिफाइनल यात्रा, जित्नैपर्ने दबाबमा बंगलादेश

पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको न्युजिल्याण्डले सोमबार समूह ए को खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा भारतसँग पराजित भएको बंगलादेश यदि आज न्युजिल्याण्डसँग हार्‍यो भने उसको यात्रा समूह चरणमै टुंगिन सक्छ। यता, न्युजिल्याण्डले जित हासिल गरेमा सेमिफाइनलको यात्रा पक्का हुनेछ।

न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई ६० रनले हराउँदै शानदार सुरुवात गरेको थियो। यो जितले टोलीको नेट रन रेटमा उल्लेखनीय सुधार ल्याएको छ। अर्कोतर्फ, बंगलादेशले भारतसँग ६ विकेटको हार बेहोरेपछि कमजोर नेट रन रेटका कारण संकटमा छ। न्युजिल्याण्डलाई पराजित गरे मात्र उसको सेमिफाइनल सम्भावना जीवित रहनेछ।

न्युजिल्याण्डले पाकिस्तानविरुद्धको पहिलो खेलमा ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो। तर, भारतविरुद्धको खेलमा ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोरी देखाएको बंगलादेशले न्युजिल्याण्डविरुद्ध सुधारिएको प्रदर्शन गर्नुपर्ने चुनौती छ। यो खेल पाकिस्तानको रावलपिन्डी क्रिकेट रंगशालामा नेपाली समयानुसार दिउँसो २:४५ बजेदेखि सुरु हुनेछ।

प्रकाशित: १२ फाल्गुन २०८१ ०८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App