४ चैत्र २०८१ सोमबार
image/svg+xml ८:१६ पूर्वाह्न
राजनीति

रास्वपाको केन्द्रीय सचिवालय बैठक सम्पन्न, के भए निर्णय ?

क्याप्शन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आइतबार पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। दिउँसो ४ बजेबाट सुरु भएको बैठकमा विभिन्न महत्वपूर्ण विषयमा छलफल गर्दै केही निर्णयहरू गरिएको छ।

बैठकमा गत बैठकका निर्णयहरूको कार्यान्वयन स्थिति समीक्षा गरिएको थियो। त्यसैगरी, राष्ट्रिय राजनीतिसम्बन्धी विषयमा केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले जानकारी गराए।

बैठकले पार्टीको आगामी राष्ट्रिय महाधिवेशन तयारीबारे जानकारी लिने तथा दिने काम गर्यो। साथै, केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बैठक आह्वान गर्ने निर्णय गरेको छ। केन्द्रीय समिति बैठकको मिति र समय चाँडै सार्वजनिक गरिने प्रवक्ता (कार्यवाहक) मनिष झाले जानकारी दिए।

उनका अनुसार बैठकमा संसदीय गतिविधि र हाल जारी संसद् अधिवेशनबारे दलका उपनेता विराज भक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारले बैठकमा जानकारी गराएका थिए।

यससँगै बैठकमा अन्य विविध विषयमा समेत छलफल गरिएको पार्टीले जनाएको छ।

प्रकाशित: ३ चैत्र २०८१ २०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App