३ चैत्र २०८१ आइतबार
image/svg+xml १८:२७ अपराह्न
खेल

च्याम्पियन्स ट्रफीः पाकिस्तानद्वारा भारतसामु २४२ रनको लक्ष्य

आइसिसी च्याम्पियन्स ट्रफीमा पाकिस्तानले भारतलाई २४२ रनको लक्ष्य दिएको छ ।

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको आयोजक पाकिस्तानले ४९.४ ओभरमा २४१ रनमा अलआउट भएको हो ।

पाकिस्तानका लागि साउद शकिलले ६२ र क्याप्टेन मोहमद रिजवानले ४६ रन बनाए । ४७ रन जोड्दा २ विकेट गुमाएको स्थिति सम्हाल्दै रिजवान र शकिलले तेस्रो विकेटका लागि १०४ रनको साझेदारी गरेपछि पाकिस्तान सम्मानजनक योगफल तयार पार्न सफल भयो । 

खुस्दिल शाहले ३८ रन बनाउँदा बाबर आलम २३ रनमा आउट भए । सल्मान आघाले १९ रनको योगदान गरे ।

बलिङतर्फ कुलदीप थादवले ३ विकेट लिए । हार्दिक पाण्डेयले २ विकेट झार्दा अक्षर पटेल, हर्सित राना र रविन्द्र जडेजाको नाममा एक-एक विकेट रह्यो ।

भारतविरुद्ध पराजित भए आयोजक पाकिस्तान एक खेल अगावै लिग चरणमै रोकिनेछ । आफ्नो पहिलो खेलमा भारतले बंगलादेशलाई ६ विकेटले हराएको थियो । पाकिस्तान भने न्युजिल्यान्डसँग ६० रनले हारेको थियो ।

भारतले पाकिस्तानमा खेल्न नमानेपछि भारतका सबै खेल यूएईमा भएका हुन् । 

प्रकाशित: ११ फाल्गुन २०८१ १८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App