२२ माघ २०८२ बिहीबार
image/svg+xml
खेल

फोर नेसन्स वुमन्स इन्टरनेसनल : लेबनानको सान्त्वना जित, कीर्गिस्तान अंकविहीन

साँझ नेपाल र म्यानमार भिड्ने

काठमाडौंमा जारी फोर नेसन्स वुमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपमा लेबनानले सान्त्वना जित दर्ता गरेको छ ।

दशरथ रंगशालामा आइतबार लिग चरणको आफ्नो अन्तिम खेलमा लेबनानले कीर्गिस्तानलाई शुन्यकाविरुद्ध २ गोलले पराजित गर्यो । लेबनानको जितमा क्रिस्टी मालुफले १३ औं र म्या रोस महन्ना २२ औं मिनेटमा गोल गरे ।

कीर्गिस्तान अंकविहीन भयो । कीर्गिस्तान आफ्नो पहिलो खेलमा नेपालसँग १-० र दोस्रो खेलमा म्यानमारसँग ५-० ले पराजित भएको थियो। लेबनान म्यानमारसँग ३-१ ले र दोस्रोमा नेपालसँग १० ले पराजित भएको थियो।

लिगको अन्तिम खेलमा नेपाल र म्यानमारबीच साँझ ६ बजे प्रतिस्पर्धा हुनेछ । दुवै यसअघि नै फाइनलमा पुगिसकेका छन् । 

प्रकाशित: ११ फाल्गुन २०८१ १६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App