आइसिसी च्याम्पियन्स ट्रफीमा आइतबार चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ । पाकिस्तान मोहमद रिजवान र भारत रोहित शर्माको कमानीमा मैदान उत्रनेछ ।
भारतविरुद्धको खेलमा पराजित भए पाकिस्तान एक खेल अगावै लिग चरणबाटै बाहिरिने छ । जितले भने समूह 'ए'मा रहेका सबै टिमको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहनेछ ।
उद्घाटन खेलमा आयोजक पाकिस्तान न्युजिल्याण्डसँग ६० रनले पराजित भएको थियो । भारतले भने बंगलादेशलाई हराएको थियो । भारतले पाकिस्तानमा खेल्न नमानेपछि तटस्थ मैदान यूएईमा खेल हुन लागेको हो ।
च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानबीच ५ खेल भएका छन् । जसमा पाकिस्तानले सन् २०१७ को फाइनलसहित ३ खेलमा जितेको थियो ।
पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै च्याम्पियन बनेको थियो ।
पाकिस्तानः
१, बाबर आजम, २, इमाम उल हक, ३, साउद शकील, ४, मोहम्मद रिजवान (कप्तान र विकेटकिपर), ५, सलमान आगा, ६, तयान ताहिर, ७, खुशदिल शाह, ८, शाहीन अफ्रिदी, ९, नसीम शाह, १०, हरिस रउफ, ११, अबरार अहमद
भारतः
१, रोहित शर्मा (कप्तान), २, शुभमन गिल, ३, विराट कोहली, ४, श्रेयस अय्यर, ५, अक्षर पटेल, ६, केएल राहुल (विकेटकिपर), ७, हार्दिक पाण्ड्या, ८, रविन्द्र जडेजा, ९, हर्षित राना, १०, कुलदीप यादव, ११, मोहम्मद शामी
प्रकाशित: ११ फाल्गुन २०८१ १४:२५ आइतबार