३ चैत्र २०८१ आइतबार
image/svg+xml २०:१७ अपराह्न
खेल

च्याम्पियन्स ट्रफी २०२५ : भारत र पाकिस्तानबीच भिडन्त

इङ्ल्यान्डलाई हराउँदै अष्ट्रेलियाको पहिलो जित

आइसीसी च्याम्पियन्स ट्रफी २०२५ मा आज (आइतबार) लामो समयदेखिका प्रतिस्पर्धी भारत र पाकिस्तान भिड्ने भएका छन्। च्याम्पियन्स ट्रफी २०२५ मा भारतले बलियो सुरुवात गरेको छ। भारतले बंगलादेशलाई हराउँदै पहिलो जित दर्ता गरेको छ। अब आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। यो च्याम्पियन्स ट्रफीको पाँचौं खेल दुबईमा दिउँसो २ः४५ बजे हुनेछ। पाकिस्तान आफ्नो पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित भएको छ। 

च्याम्पियन्स ट्रफी २०२५ को समूह ‘ए’ मा भारत र पाकिस्तानसहितका टोलीहरू छन्। अंक तालिका हेर्दा एक खेल जितेको भारत हाल दोस्रो स्थानमा छ। न्युजिल्यान्ड पहिलो स्थानमा छ, उसले पनि एक खेल जितेको छ। तर उसको नेट रन रेट भारतभन्दा राम्रो भएका कारण शीर्षमा पुगेको हो। यदि भारतले पाकिस्तानलाई पराजित गर्‍यो भने सेमिफाइनलमा पुग्ने सम्भावना निकै बलियो हुनेछ। प्रतियोगिताका आठ टोलीमध्ये चार टोली सेमिफाइनलमा पुग्नेछन्।

यसैबीच, शनिबार भएकाे खेलमा अष्ट्रेलियाले इङ्ल्यान्डलाई ५ विकेटले हराउँदै च्याम्पियन्स ट्रफी २०२५ मा पहिलो जित हासिल गरेको छ। यो जितसँगै अष्ट्रेलियाले प्रतियोगिताको इतिहासमा सबैभन्दा ठूलो लक्ष्य पछ्याउने कीर्तिमान बनाएको छ। इङ्ल्यान्डले ३५२ रनको विशाल लक्ष्य राखेको थियो, तर अष्ट्रेलियाले १५ बल बाँकी छँदै ऐतिहासिक जित हासिल गर्‍यो।

प्रकाशित: ११ फाल्गुन २०८१ ०९:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App