२२ माघ २०८२ बिहीबार
image/svg+xml
खेल

चोरमारा युथलाई पराजित गर्दै लक्की स्टार सेमिफाइनलमा

चोरमारा युथ क्लबलाई पराजित गर्दै लक्की स्टार क्लब सेमिफाइनल प्रवेश गरेको छ। कैलालीको धनगढीस्थित गौरीगंगा ११ स्पोर्ट्स क्लबको मैदानमा शुक्रबार सम्पन्न खेलमा बागमती प्रदेशको लक्की स्टारले गण्डकी प्रदेशको चोरमारालाई ३–१ ले पराजित गरेको हो।

लक्की स्टारले अब फाइनल प्रवेश गर्न कोशी प्रदेशको गाईघाट फुटबल क्लब र लुम्बिनी प्रदेशको राइजिङ स्टार फुटबल क्लबीचको विजेतासँग खेल्ने छ। यी दुईबीचको खेल शनिबार हुनेछ।

लक्की स्टारको जितमा सानुकुमार तामाङले दुई र मिशान लामाले एक गोल गरे। चोरमाराका मनिष थापामगरले गरेको गोल सान्त्वना रह्यो।

पहिलो हाफको अन्ततिर सानुको गोलमार्फ लक्की स्टारले सुरुआती अग्रता दिलाएका थिए। दोस्रो हाफ सुरु भएको ६ मिनेटपछि नै सानुले अर्को गोल गर्दै २–० को अग्रता दिलाए।

७६औं मिनेटमा मनिषले गोल गर्दै खेल २-१ मा ल्याएका थिए। तर, ८८औं मिशानले अर्को गोल गर्दै ३–१ को जित पक्का गरे।

खेलको म्यान अफ द म्याच मिशान नै घोषित भए।

प्रकाशित: ९ फाल्गुन २०८१ १९:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App