३ चैत्र २०८१ आइतबार
image/svg+xml १८:२७ अपराह्न
खेल

च्याम्पियन्स ट्रफी : साउथ अफ्रिकाद्वारा अफगानिस्तानसामु ३१६ रनको लक्ष्य प्रस्तुत

आइसिसी च्याम्पियन्स ट्रफीमा साउथ अफ्रिकाले अफगानिस्तानसामु ३१६ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

पाकिस्तानको कँराचीमा टस जितेर पहिला ब्याटिङ गरेको साउथ अफ्रिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३१५ रनको योगफल तयार पारेको हो ।  

ओपनर रिआन रिकेल्टनले १०३ रन बनाएको साउथ अफ्रिकन इनिङ्समा क्याप्टेन टेम्बा बाभुमा, रसी दुसेन र एइडेन मारक्रमले अर्धशतक प्रहार गरे । बाभुमा ५८ र दुसेन ५२ रनमा आउट हुँदा मारक्रम भने ५२ रनमा नटआउट रहे ।  

च्याम्पियन्स ट्रफीको आफ्नो डेब्यू म्याचमा मोहमद नाबीले २ तथा फजुल्लाक फरुदी, अज्मातुल्लाह ओमारजाई र नूर अहमदले समान एक विकेट लिए ।

प्रकाशित: ९ फाल्गुन २०८१ १८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App