पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोबर्धन र उनका प्रशिक्षक कविराज नेगी लामा शनिबार नगदसहित सम्मानित भएका छन्।
कपनको जुगल नव गुरुकुल तेक्वान्दो डोजाङले नेपाली खेलकुदमा ऐतिहासिक पदक दिलाउन सफल खेलाडी पलेशा र प्रशिक्षक कविराजलाई सम्मान गरेको हो। डोजाङको आयोजनामा भएको प्रथम जुगल नवगुरुकुल काठमाडौं जिल्ला तेक्वान्दो प्रतियोगिताको उद्घाटन अवसरमा उनीहरू नगदसहित सम्मानित भए।
सोही अवसरमा कपन टाइगर तेक्वान्दो डोजाङ प्रशिक्षक श्याम थापालाई पनि सम्मान गरिएको थियो। उनीहरूलाई बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, जुगल नव गुरुकुल स्कुलका अध्यक्ष डोरप्रसाद आचार्य, जुगलका संस्थापक प्रिन्सिपल गिताबहादुर लामिछाने, बूढानीलकण्ठ नगरपालिका वडा–१० का अध्यक्ष नवराज भट्टराई र डोजाङ प्रमुख न्हवाङ लामाले सम्मान गरे।
प्रकाशित: ४ फाल्गुन २०८१ ०७:४८ आइतबार