२ चैत्र २०८१ शनिबार
image/svg+xml ८:७ पूर्वाह्न
खेल

आहा ! रारा गोल्डकप प्रतियोगिताकै ऐतिहासक खेलमा पुलिस र चर्च ब्वाइज भिड्दै

आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार नेपाल पुलिस क्लब र चर्च ब्वाईज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ ।

आहा ! रारा गोल्डकपको सर्वाधिक सफल क्लब पुलिस पहिलो खेलमा आयोजक सहारालाई १-० ले र क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज एफसीलाई २-० ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । चर्च ब्वाइज भने एनआरटीलाई सडन डेथमा र क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

पुलिस र चर्च ब्वाइज आहा रारा गोल्डकपमा भिड्न लागेको यो लगातार तेस्रो पटक हो । यसअघिका दुवै खेलमा चर्च ब्वाइज विजयी भएको थियो । २२औं संस्करणको प्रिक्वाटरफाइनलमा चर्च ब्वाइजले पुलिसलाई २-१ ले र २३औं संस्करणमा गतवर्षको क्वाटरफाइनलमा १-० ले हराएको थियो ।

पुलिस र चर्च ब्वाइजबीच बुधबार हुने खेल आहा रारा गोल्डकपको इतिहासमा २५०औं खेल पनि हो । पुलिसका लागि यो खेल ५० औं हो ।

२०५८ सालमा क्याराभान गोल्डकपको नामबाट सुरु भएको यस प्रतियोगितामा पुलिसले २०६३ सालबाहेक सबै संस्करणमा भाग लिएको छ । १० पटक फाइनल खेलेको पुलिसले ६ पटक उपाधि जितेको छ । चर्च ब्वाइजको भने यो तेस्रो पटकको सहभागिता हो।

बुधबारको विजेताले ललितपुरे थ्रीस्टार क्लब र उज्वेकिस्तानको ब्लाक बुल्स फुटबल क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग शनिबार खेल्नेछ ।

प्रकाशित: ३० माघ २०८१ १२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App