चर्च ब्वाईज युनाइटेड आहा! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा सोमबार भएको तेस्रो क्वार्टरफाइलनमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबमाथि साँधुरो जित निकाल्दै चर्च ब्वाईजले अन्तिम चारमा स्थान बनाएको हो ।
चर्च ब्वाइजले आर्मीलाई १-० गोलले पराजित गर्यो । प्रतिस्पर्धात्मक खेलको अन्तिम मिनेटमा राज भुसालले गरेको एकमात्र गोल चर्च ब्वाइजका लागि सेमिफाइनलमा स्थान बनाउन पर्याप्त रह्यो ।
चर्च ब्वाइजले अब फाइनल प्रवेशका लागि अर्को विभागीय टोली नेपाल पुलिससँग पहिलो सेमिफाइनल खेल्नेछ ।
गोल्डकपको अन्तिम क्वार्टरफाइनलमा मंगलबार थण्डरल्यान्ड नर्थ युनाइटेड र ब्ला बुल्स एफसीबीच खेल हुनेछ ।
प्रकाशित: २८ माघ २०८१ १८:५७ सोमबार