इटहरीका विश्व आदर्श, प्रिमियर, सुष्मा र पूर्वाञ्चल कलेज हिसान स्पोर्टस मिट सुनसरीको फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
बुधबारको खेलमा विश्व आदर्शले ज्ञानदर्पण कलेजलाई पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको हो। विश्व आदर्शले ज्ञान दर्पणलाई ३–० गोल अन्तरले पराजित गर्यो।
दोस्रो खेलमा प्रिमियर कलेजले कोशी सेन्ट जेम्स कलेजलाई पराजित गरेको हो। प्रिमियर कलेजले कोशी सेन्ट जेम्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्यो।
यस्तै, तेस्रो खेलमा सुस्मा कलेजले एम्स एकेडेमीलाई हराएर विजयी भएको हो। सुष्माले एम्सलाई १–० गोल अन्तरले पराजित गरेको हो।
अन्तिम क्वाटरफाइनलमा पूर्वाञ्चल कलेजले धरान मेघा हिमालयन कलेजलाई पराजित गर्यो। पूर्वाञ्चलले मेघालाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो। दुवै सेमिफाइनल खेल बिहीबार हुनेछन्।
यसैबीच, हिसान सुनसरीको स्पोर्टस मिट अन्तर्गत नै क्रिकेट प्रतियोगितामा पूर्वाञ्चल कलेज र विश्व आदर्श कलेज सेमिफाइनल प्रवेश गरेका छन्।
पूर्वाञ्चल कलेजले धरान आदर्श कलेजलाई ४४ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
दोस्रो खेलमा स्मल हेभन कलेजले सुस्मा कलेजमाथि १ रनको रोमाञ्चक जित हात पारेको छ। बुधबारको अन्तिम खेलमा विश्व आदर्शले इटहरी नमुना कलेजलाई ६९ रनले पराजित गर्यो।
प्रकाशित: १६ माघ २०८१ १९:४३ बुधबार





