२४ चैत्र २०८१ आइतबार
image/svg+xml १६:४० अपराह्न
खेल

एन्फा महिला लिग : उपाधिका लागि एपीएफ र पुलिस क्लब भिड्ने

एन्फा महिला लिगको उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।  

सोमबार भएको दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २-१ गोलले पराजित गर्दै पुलिस क्लबले अर्को विभागीय टोली एपीएफसँगको उपाधि भिडन्त पक्का गरेको हो । फाइनल बुधबार हुनेछ ।  

सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलको निर्धारित ९० र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिएपछि निर्णय भने टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा पुलिसकी गोलकिपर उषा नाथले तीन प्रहार रोकेकी थिइन्  ।  

पहिलो क्वालिफायरमा एपीएफसँग २-१ गोलले पराजित भएपछि आर्मीले पुलिससँग दोस्रो क्वालिफायर खेलेको थियो । पुलिस भने एलिमिनेटरमा बागमती युथ क्लबलाई १-० गोलले पराजित गर्दै क्वालिफायरका लागि छनोट भएको थियो ।  

प्रकाशित: १४ माघ २०८१ १७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App