१६ माघ २०८२ शुक्रबार
image/svg+xml
खेल

फोर नेसन्स कपका लागि ३९ खेलाडी बन्द प्रशिक्षणमा

फोर नेसन्स कपका लागि राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा ३९ खेलाडीलाई छनोट भएका छन्।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले घरेलु मैदानमा हुने प्रतियोगिताका लागि उनीहरुलाई बन्द प्रशिक्षणमा राखेका हुन्।

नेपालले फागुन ४ देखि १५ गतेसम्म किर्गिस्तान, लेवनान र म्यानमारसँग फोर नेसन्स कप खेल्न लागेको हो। यी खेल फ्रेबुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागिएको हो।

बन्द प्रशिक्षण फेब्रुअरी १ देखि सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

बन्द प्रशिक्षणमा बोलाइएका ३९ खेलाडी

अञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, अमृता जैशी, गीता राना, विमला विके।, निशा ठोकर, समीक्षा घिमिरे, पूजा राना, अनिता बस्नेत, अमिशा कार्की, अनिता केसी, प्रीति राई, विमला चौधरी, रेनुका नगरकोटी, सारु लिम्बू, सबित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, सविता रानामगर, सजनी ठोकर, चन्द्रा भण्डारी, रेनुका हमाल, सम्झना लावती, सबित्री किशन, सहारा लिम्बु, सुष्मा तामाङ, मनमाया दमाई, हेमा चौधरी, सुजाता तामाङ, बिर्सना चौधरी, सुकृया मियाँ, प्रतीक्षा चौधरी, सेमीहाङ्मा लिम्बू पन्धाक, मिना देवुवा, पुष्पाकुमारी खड्का, यशोदा शाही, ममता पुन, झुमा विश्वकर्मा।

प्रकाशित: १४ माघ २०८१ १६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App