१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

सन्दीपमाथि अनुशासन कारवाही, एक खेलको प्रतिबन्ध

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अनुशासनको कारवाहीमा परेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई अनुशासनको कारवाही गर्दै एक खेलको प्रतिबन्ध लगाएको छ ।

जय ट्रफी एलिट कपका समय अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेबापत उनलाई अनुशासनको कारवाही गरिएको क्यानले स्पष्ट पारेको छ । क्यानका प्रवक्ता छुम्बी लामाले उनलाई एक खेलका लागि प्रतिबन्ध लगाउँदै स्पष्टीकरण सोधेको जानकारी दिए। 

सन्दीपले सामाजिक सञ्जालमा लेखेको उक्त कुरा खेलाडीसँगको सम्झौताको २.७ मा उल्लेख गरिएको नियम विपरित रहेको प्रवक्ता लामाको भनाइ छ । 

उक्त कारवाहीपछि सन्दीपले अब क्यानले आयोजना गर्ने प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन् । 

प्रकाशित: ८ माघ २०८१ १५:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App